पर्वत : गण्डककी प्रदेशका यातायात व्यवसायीहरूले आउँदो साउन २२ गतेबाट सार्वजनिक सवारीहरू ग्यारेजमा राखेर सेवा प्रवाह बन्द राख्ने घोषणा गरेका छन्।कोरोना महामारीका कारण धराशायी बनेको यातायात व्यवसायले विस्तारै गति लिन थालेको बेलामा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७०-८० को बजेटमा भारी मात्रामा कर वृद्धि गरेको भन्दै उनीहरूले आन्दोलनस्वरूप यातायात सञ्चालन नगर्ने घोषणा गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गण्डकी प्रदेश समितिद्वारा जारी गरिएको विज्ञप्तिमा बढाइएको बढाइएको कर फिर