प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई बनाएसँगै वीरगञ्जबासी आन्दोलनमा उत्रिएका छन्। बिहिबार बिहानैदेखि प्रदर्शनकारीहरूले बारा, पर्सामा विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनले गर्दा मुख्य बजार बढी प्रभावित भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले आन्दोलनले भन्सार क्षेत्र खासै प्रभावित नभएको बताए। ‘हिजोदेखि नै ईण्डियाबाट मालबाहक गाडी आउन कम भएको छ। आन्दोलन त शान्तिपूर्ण तवरले…