मेलम्ची सडक जिर्ण भएको भन्दै स्थानीयद्वारा यातायात ठप्प

मेलम्ची सडकखण्ड जीर्ण भएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षणको लागि स्थानीयले सडक बन्द गरेका छन् । सडकतर्फ ध्यान तान्न सिन्धुपाल्चोकको ढाँडखोला र काभ्रेको हिगँुवापाटीका स्थानीयले सडक बिचैमा अवरुद्ध गरेका हुन् । इन्द्रावतीमा उत्खनन् भएका नदीजन्य बालुवा, ढुंगा र गिट्टी ढुवानी गरिरहेका ट्रिपर ,ट्रकलाई रोकेर स्थानीयले जिल्ला समन्वय समितिको विरोध जनाएका हुन् ।