सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका…