सरकारले विदेशी शक्ति केन्द्रहरुको दवावमा एमसीसी सम्झौता अनुमोदन गर्नसक्ने भन्दै आगामी असोज २२ गते काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।‘आगामी असोज