नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का कार्यकर्ताहरूले आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलमा भएको विरोध प्रदर्शनमा उनीहरुले एमसीसी र प्रहरी दमनविरुद्ध चर्को आक्रोश पोखेका छन् ।अनेरास्ववियु क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, प्रहरी दमन मुर्दावाद, देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा यसअघि भएकाहरु पनि पट्टी बाँधेर स