नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनताला