अब एमसीसी छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसीको विषयमा पार्टीभित्र कसैलाई आफूलाई लागेको विचार भन्न पाउने अधिकार भएकोले भीम रावललाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले भने,‘एमसीसीको विषयमा आफूलाई लागेको विचारहरु कसरी भन्ने चाहीँ स्वतन्त्रता छ, आफलाई लागेको विचार भनेबापत कारबाही नै गर्नुपर्छ भन्ने छैन् ।’ भीम रावललाई कारबाही […]

सम्बन्धित सामग्री

एमसीसी पार लगाऊ

नेपालको ऊर्जा विकासमा कोसेढुंगा मानिएको अमेरिकी सहयोगअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) गत बुधबारदेखि नेपालमा लागू भएको छ । नेपाल र अमेरिकी अनुदान सहयोग रहेको यो ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ हो । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले अर्थमन्त्रालयमा आयोजित विशेष समारोहमा कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र […]

अमेरिकाले एमसीसी लागू गराउन किन झकझाइरहेछ?

काठमाडौं, मंसिर ५ । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक दलका नेतालाई एमसीसी छिटो पारित गर्न अल्टिमेटम दिएर गएका छन् । नेपालको धारणा स्पष्ट बनाउन सहायक विदेशमन्त्री लुले दलका नेताहरूलाई भेटेर भनेका छन् । यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसीको विषय कहिले कार्यान्वयन हुन्छ? भनेर राजनीतिक दलसँग प्रश्न गरेकी थिइन् । एमसीसी […]

एमसीसी सम्झौता अनुमोदन हुनेमा उपाध्यक्ष सुमार आशावादी

काठमाडौं, भदौ २७ । एमसीसी उपाध्यक्षले फातिमा सुमारले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन हुनेमा आशावादी रहेको बताएकी छिन् । चार दिने नेपाल भ्रमणमा आएकी अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । भ्रमण सकेर फर्कनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सुमारले यस्तो […]

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।  शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी हुन् ।भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका छन् । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भएको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयन

ओलीले फातिमालाई भने : एमसीसी सभामुखले रोके, हामी प्रतिपक्षमा छौँ (भिडियो)

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताएका छन् । सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताएका हुन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएअनुसार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको उल्लेख गरे । उनले भने, ‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउ

एमसीसी उपाध्यक्ष फातेमा काठमाडौँमा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् । कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९:२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् । सुमारको […]

एमसीसी उपाध्यक्ष फतिमा किन नेपालआउँदैछिन्

काठमाडौं, २२ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउँदैछिन् । ५० करोड अमेरिकी डलरको आयोजनाबारे प्रमुख राजनीतिक दलहरुभित्र पक्ष विपक्षमा धारणाहरु आइरहँदा फतिमा नेपाल आउन लागेकी हुन् । एमसीसी सम्झौतामा संसदबाट पारित गर्नुपर्ने बुँदा छ । त्यसपछि मात्र यो आयोजना कार्यान्वयन हुनथाल्छ । तर, सत्ता पक्षभित्रै […]

एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल […]

एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? - नेता रावल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत ...

एमसीसी सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।