एमसीसी उपाध्यक्ष फातेमा काठमाडौँमा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् । कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९:२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् । सुमारको […]

सम्बन्धित सामग्री

एमसीसी टोलीको आगमन हुँदा विमानस्थलको सुरक्षा अत्यन्तै कडा (फोटोफिचर)

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  उपाध्यक्ष फातेमा जे सुमार टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी  त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।कतार एयरलाइन्सको विमानबाट सुमारको टोली त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थल सुरक्षा चेकजाँच पनि निकै कडा बनाइएको छ । विमानस्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।