पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताएका छन् । सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताएका हुन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएअनुसार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको उल्लेख गरे । उनले भने, ‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउ