मनास्लुमा हिमपहिरो : १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो, खराब माैसममा हेलिकप्टर जान सकेन

काठमाण्डाै – मनास्लु हिमालमा आज साेमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ । हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र त्यहाँबाट उद्धार गर्न खराब मौसमका कारण समस्या भएको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपहिरो गएको ठाउँबाट उद्धार गरेर तेस्रो शिविर पुर्‍याइएका १५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लिन जान हेलिकप्टरले बारम्बार प्रयास ग...

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरो अपडेट: थप चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका थप चारजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान उद्धार गरिएका सातजनामध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । उनीहरूको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोमबार ल्याइएका दुई जनाको पनि त्यही उपचार भइरहेको छ । सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो […]

मनास्लु हिमपहिरो : मौसम सुधार नहुँदा उद्धार प्रयास रातभरका लागि स्थगित

काठमाडौँ – खराब मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार कार्य मंगलबार बिहानसम्मका लागि रोकिएको छ । सोमबार मध्याहन्न तिर मनास्लु हिमालेको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परेर कम्तीमा १५ जना घाइते भएका थिए । उद्धारको पर्खाइमै रहेका बेला एक गम्भीर घाइतेको मृत्यु भएको छ । दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ […]

मनास्लु हिमपहिरो : पहिलो आधार शिविरमै रोकिए दुई जना सख्त घाइते

मनास्लु हिमालको तेस्रो आधार शिविरबाट उद्धार भएका दुई जना घाइतेहरु मौसम खराबीका कारण पहिलो आधार शिविरमा रोकिएका छन् । सोमबार साँझ दुई जना घाइतेलाई तेस्रो आधार शिविरमा ल्याएपछि मौसम खराबीका कारण हेलिकप्टर उडान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

मनास्लु हिमपहिरो उद्धारमा कठिनाई: दुई जनाको मात्रै उद्धार, सात घाइते हिउँमै

पहिरोमा फसेकाहरुको शेर्पाहरुले उद्धार गरेका थिए। हेलिकप्टर पटक पटक उद्धारका लागि आउँदै फर्कँदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताईन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो। बेस क्याम्पमा रहेका र पहिलो, दोस्रो, त...

मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु

मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु भएको छ । मौसम खराबीका कारण दिनभर हेलिकप्टर हिमपहिरो खसेको क्याम्प ३ र ४ को बीचमा पुग्न सकेको थिएन । अपराह्न करिब साढे ५ बजे हिउँपहिरोमा घाइते भएका १ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण अझै उद्धार हुन सकेन

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए । “कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै...

मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै

काठमाण्डाै – मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।  उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डाैबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको गाउँ हो ।  यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरख...

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले […]