मनास्लु हिमालको तेस्रो आधार शिविरबाट उद्धार भएका दुई जना घाइतेहरु मौसम खराबीका कारण पहिलो आधार शिविरमा रोकिएका छन् । सोमबार साँझ दुई जना घाइतेलाई तेस्रो आधार शिविरमा ल्याएपछि मौसम खराबीका कारण हेलिकप्टर उडान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।