मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै

काठमाण्डाै – मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।  उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डाैबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको गाउँ हो ।  यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरख...

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरोमा हराइरहेका सबै १० जनाको सकुशल उद्धार

काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रमभा सोमबार बिहान गएको हिम पहिरोमा परेर हराइरहेका सबै १० जनाको सकुशल उद्धार भएको छ। गोरखा प्रहरी प्रमुख केदार खनालले उद्धार गरिएकामध्ये ६ जनाको उपचारका लागि काठमाडौं पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको बताए। पहिरोमा ज्यान गुमाएका एक जनाको भने शव ल्याउने काम भइरहेको उनले जानकारी दिए। ‘हराइरहेका सबै जनाको […]

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं। मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए । ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु […]

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ- मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई जना घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ ।  कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौँ बुढानिलकण्ठ...

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ ।  कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौँ बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए । ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले […]

मनास्लु हिमपहिरोका दुई जना घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ। कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौँ बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए। ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ […]

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौं ल्याइयो

मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ । कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौं बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए ।ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाईमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्ट

यस वर्षको वसन्त आरोहणका लागि हालसम्मकै बढी आरोहीले लिए अनुमति

वैशाख २३, काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् ।  यसमा ९३ महिला र ३१५ पुरुष छन् । सो याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए । यो अघिल्लो सन् २०१९ को वसन्त यामभन्दा बढी हो । सन् २०२० मा वसन्त आरोहण भएन । विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८ हजार ८४८ दशमलव ८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।  सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १२५ आरोही छन् । नुप्से (७ हजार ८६४ मिटर) मा ३८ र पुमरी (७ हजार १६१ मिटर) मा नौ आरोहीलाई अनुमति दिइएको छ । त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८ हजार ०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल (८ हजार १६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन् ।  संखुवासभामा पर्ने मकालु हिमाल (८ हजार ८४६३ मिटर) आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८ हजार १६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन् । तिलिचो हिमाल (७ हजार १३३ मिटर) मा आठ र हिम्लुङ हिमाल (७ हजार १२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ । यसबीचमा अन्नपूर्ण हिमालमा केही आरोहण भए भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा आरोहण शुरु हुने विभागले जानकारी दिएको छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन् । सर्वोच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा पुगिसकेका छन् । सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रू. ७१ करोड ४८ लाखभन्दा बढी सलामी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै करीब रू. ६६ करोड रोयल्टी जम्मा भएको छ ।  कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विदेशी पर्यटकको उद्धारमा सक्रिय बोर्ड निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ । सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले यही वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौं ल्याएको छ । बोर्डले बुधवार विभिन्न मुलुकका ११ विदेशीलाई उद्धार गरी काठमाडौं ल्याएको छ । उनीहरुमध्ये लाङटाङबाट पाँच पोल्याण्डबासी, पोखराबाट चार युक्रेनी र लुक्लाबाट दुई अमेरिकी हुन् । यस्तै संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ । रासस