मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण अझै उद्धार हुन सकेन

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए । “कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै...

सम्बन्धित सामग्री

स्क्रिप्ट नै सबैभन्दा ठूलो स्टार

विश्व फिल्मले पछिल्लो महिना तीन दुर्दान्त व्यहोर्‍यो । हलिउडमा ‘एन्टम्यान एण्ड द वास्प’को बक्स अफिस संकटले मार्वल स्टुडियोलाई चुनौती सिर्जियो । ‘सेल्फी’ले बलिउडमा अक्षय कुमारलाई फ्लपको श्रृंखलाबाट उद्धार गर्न सकेन । नेपालमा ‘मेगास्टार’ कहलिएका अनमोल केसीले पहिलो दुर्भाग्यपूर्ण ओपनिङको सामना गरे । बक्स अफिसका यी तीन गणितबीच एउटा समानता छ, तीनै फिल्मको कथामा आत्मा थिएन […]

पहिरो प्रभावित दुई सय परिवारको उद्धार हुन सकेन

लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मङ्गलबार आएको अविरल वर्षा संगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित …

पहिरोमा परेका घाइतेको उद्धार हुन सकेन

सिमकोट – अविरल वर्षाका कारण आइतबार राति गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट उडे पनि खराब मौसमका कारण हुम्ला आउन नसकेको हो। सुर्खेतबाट आएको सेनाको हेलिकोप्टर कालिकोटमा अवतरण गरेर फिर्ता भएको थियो। कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमका कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा […]

उच्च रक्तश्राव भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार हुन सकेन

सिमकोट – पाँच दिनदेखि उच्च रक्तश्राव भइरहेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार हुन सकेन। चार दिनदेखि ती गर्भवतीको हेलिकोप्टरबाट उद्धार गर्न खोजिए पनि खराब मौसमका कारण हेलिकोप्टर कालिकोटबाट हुम्ला आउन नसकेपछि उद्धार नभएको हो। सुत्केरी हुने समय नपुुगे पनि लगातार रगत बगिरहेका कारण ज्यानको जोखिम बढ्ने भन्दै स्वास्थ्यकर्मीको सुुझावमा गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो। […]

ताप्लेजुङको हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन

काठमाडौं : पाँच दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोराको आज पनि उद्धार हुन सकेको छैन।आज बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल हुन सकेन। पुस १४ गते हिउँको पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको थियो।चौरीसँगै हिउँ पहिरोले बगाएका उनीहरु ओडार भेटेर बसेका थिए। समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।हेलिकप्

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेन

काठमाडौं : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन।अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न आज दुई पटक गए पनि स्थान पत्ता लगाउन नसक्दा उद्धार हुन नसकेको हो।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जानकारी दिए।अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउ

चार सिकिस्त बिरामी कर्मचारीको अझै उद्धार हुन सकेन

कोरोना महामारीले आक्रान्त बनाइरहेको बेला चीनको सिमावर्ती क्षेत्र उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा नेपाल सरकारका चारजना सिकिस्त कर्मचारीको उद्दार हुन नसक्दा स्वास्थ्यमा थप जटिलता आउन थालेको बताइएको छ ।...

घाइते पत्रकार दयाराम पण्डितको उद्धार हुन सकेन

मार्तडी । बाजुराको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन । एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचार पत्र दैनिकमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित सोही गाउँपालिकाको घट्टेबगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्यचौकीले जनाएको छ । टाउकाको सिटिस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ । दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।

सुत्केरीको उद्धार हुन सकेन

असार १७ । शुक्रबारदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार हुनसकेको छैन । घर नजिक स्वास्थ्य संस्था नभएको...