मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु

मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार सुरु भएको छ । मौसम खराबीका कारण दिनभर हेलिकप्टर हिमपहिरो खसेको क्याम्प ३ र ४ को बीचमा पुग्न सकेको थिएन । अपराह्न करिब साढे ५ बजे हिउँपहिरोमा घाइते भएका १ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरो : मौसम सुधार नहुँदा उद्धार प्रयास रातभरका लागि स्थगित

काठमाडौँ – खराब मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार कार्य मंगलबार बिहानसम्मका लागि रोकिएको छ । सोमबार मध्याहन्न तिर मनास्लु हिमालेको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परेर कम्तीमा १५ जना घाइते भएका थिए । उद्धारको पर्खाइमै रहेका बेला एक गम्भीर घाइतेको मृत्यु भएको छ । दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ […]