सर्वोच्चको फुलकोर्टले पारित गर्‍यो गोलाप्रथा नियमावली

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ। बैठकले बिहीबार गोला प्रथा लागू गर्न नियमावली पारित गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले बिहीबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। यसअघि फुलकोर्ट बैठकमा न्यायाधीशहरु सहभागी नभए पनि बिहीबारको बैठकमा भने सबै न्यायाधीशहरु सहभागी थिए।

सम्बन्धित सामग्री

मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्न भोलि औपचारिक निर्णय हुने

काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी गरिएको छ। सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर […]

सर्वोच्च अदालत नियमावली मुद्रण विभाग पुग्यो

काठमाडौं, ६ मंसिर । गोलाप्रथा लागु गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन भएर  राजपत्रमा प्रकाशनको लागि मुद्रण विभागमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध कानुन व्यवसायीहरुको लगातार एक महिनाको आन्दोलन पछि सर्वोच्च अदालत नियमावली संशोधन गर्ने फुलकोर्टबाट सहमति भएको थियो । अहिले राजपत्र छापिने क्रममा रहेको मुद्रण विभागले जनाएको छ । कानुन व्यवसायीहरुले पेशी व्यवस्थापनको […]

मुद्दाको पेशी तोक्न गोलाप्रथा लागू गरिने

काठमाडौं, (नेस) ।  सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेको हो । सो नियमावली लागू भएपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएको छ । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशबाहेकका १८ जना न्यायाधीश छुट्टै बसेर […]

प्रधानन्यायाधीशबाहेकको फुलकोर्टले गर्‍यो गोलाप्रथा लागू गर्ने निर्णय

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानन्यायाधीसबाहेकका १८ जना न्यायाधीशहरुको बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालतको पेसी तोक्ने नियमावली र निर्देशिका संशोधन प्रस्ताव पारित गर्दै गोलाप्रथा लागू गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बैठकमा नबोलाई बसेको फुल कोर्टको बैठकले प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै गोलाप्रथा लागू नहुँदासम्म सीमित मुद्दाको मात्र सुनुवाई गर्ने निर्णय पनि गरेको छ । […]

सर्वोच्चका १८ न्यायाधीशको बैठकले पारित गर्‍यो गोलाप्रथा लागू गर्ने नियमावली

काठमाडौँ – सर्वोच्च अदालतका १८ जना न्यायाधीशको बैठकले पेशी तोक्दा गोलाप्रथा अपनाउने नियमावली पारित गरेको छ। बिहीबार बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकका न्यायाधीशहरुको बैठकले ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ स्वीकृत गरेको हो। संविधान र सर्वोच्च अदालत नियमावलीअनुसार न्यायपालिका सम्बन्धि नीतिगत निर्णय लिन फुलकोर्टको बैठक बस्नुपर्ने भए पनि न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई ‘बाइपास’ गरेर नियमावली […]

सर्वोच्चको 'फुल कोर्ट' द्वारा गोलाप्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन

काठमाण्डाै – सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक अर्थात् 'फुल कोर्ट' ले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराबाहेकका १८ जना न्यायाधीशको आज बिहीवार बसेको बैठकले यसअघि प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो । अब यो नियमावली कानुन मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । गोलाप्रथा प्रणालीका लागि निर्देशिका पनि बनिसकेको छ ।  यसअघि ...

पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रणालीसहितको नियमावली र कार्यविधि पारित

सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूको बैठकले मुद्दाको पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रणालीसहितको नियमावली र कार्यविधि पारित गरेको छ। सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरारहितको १८ जना न्यायाधीशहरूको बैठकले उक्त कार्यविधि पारित गरेको हो। यसमा प्रधानन्यायाधीशले हस्ताक्षर गरेर राजपत्रमा प्रकाशित भएपछि न्यायाधीशहरूले आ-आफ्नो गोला तानेर मुद्दाको सुनुवाइ गर्न सक्नेछन् । पारित भएको नियमावली र कार्यविधिलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमार्फत हस्ताक्षरका लागि प्रधानन्यायाधीशकोमा पुर्...

गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल

गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्च अदालतको निर्देशिका र नियमावली संशोधन गर्नुपर्छ। निर्देशिका र नियमावली संशोधनका लागि फुलकोर्ट बैठकले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।...