गोलाप्रथा लागू गर्ने नियमावली मुद्रण विभाग पुग्यो, राजपत्रमा छापिएर आजै वेबसाइटमा आउने

सर्वोच्च अदालत नियमावली संशोधन भएर राजपत्रमा प्रकाशनका लागि मुद्रण विभागमा पुगेको छ । मुद्रण विभागकी सहायक प्रवक्ता विमला कोइरालाका अनुसार अहिले राजपत्र छापिने क्रममा छ । 'राजपत्र छापिइसकेपछि सम्भवत: आज नै वेबसाइटमा समेत राख्छौं,' कोइरालाले लोकान्तरसँग भनिन् । सर्वोच्च अदालतमा पेशी व्यवस्थापनका लागि गोला प्रथा प्रणाली लागू गर्ने उद्देश्यले नियमावली संशोधन प्रस्ताव फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीशको बैठक)ले पारित गरेपछि कानून मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभागमा पुगेको हो । उक्त बैठकमा प्रधानन्यायाधीश...

सम्बन्धित सामग्री