देशका केही ठाउँमा ठूलो वर्षा : आज दिउँसो एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डाै - पछिल्लो तीन घण्टामा वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । देशका अरु ठाउँमा पनि लगातारजसो पानी परेको छ । विशेषगरी काठमाण्डौको सुन्दरीजल, सिन्धुपाल्चोकको मेलम्ची र पर्साको ठोरी आसपासको क्षेत्रमा ठूलो पानी परेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्चीमा ३० मिलिमिटर पानी परेको छ, काठमाण्डौको सुन्दरीजलमा २४ मिलिमिटर र पर्साको ठोरीमा ३८ दशमलव २ मिलिमिटर पानी परेको छ । अरु केही ठाउँमा पनि भारी वर्षा भएको तर मौसम विज्ञान विभागको आकाश...

सम्बन्धित सामग्री

तीन प्रदेशमा आज ठूलो वर्षा

काठमाडौं : तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ। यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

काठमाण्डौसहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि पानी पर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो  वर्षाको अनुमान छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो  पानी पर्ने अनुमान गरिएक...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुम...

आज यी चार वटा प्रदेशमा ठूलाे पानी पर्ने

काठमाण्डाै – आज देशभरका विभिन्न चार प्रदेशमा ठूलाे पानी पर्ने अनुमान गरिएकाे छ । आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ ।

आज हिजोको भन्दा धेरै पानी पर्ने, भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाण्डाै – आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भोलिदेखि भने मनसुन थप सक्रिय हुने भएकाल...

एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।  अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन । तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको व...

देशभर हावाहुरीसहित, चट्याङ र पानी पर्ने सम्भावना

न्युज अफ नेपाल ,काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने […]