आज कतै सामान्य र कतै ठूलो वर्षा : यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने  सम्भावना

काठमाण्डौ  - अहिले प्रदेश एक र दुईमा हल्कादेखि मध्यम वर्षा भइरहेको  छ । बाँकी प्रदेशहरुमा भने मौसम आंशिकदेखि पूर्ण बद्ली रहेको छ । आज दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले बताउनुभयो । प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पान...