काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहानदेखि पानी पर्न सुरु भएको हो । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पछि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ । भोलि देशैभर पानी पर्ने अनुमान छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।
केही...