काठमाण्डाै - अहिले मधेस प्रदेशका सप्तरी र बारा जिल्लामा ठूलो पानी परिरहेको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार पछिल्लो एक घण्टामा त्यहाँ ३१ मिलिमिटर पानी परिसकेको छ ।
सामान्यतया २४ घण्टामा ५० मिलिमिटर पानी परे ठूलो वर्षा भएको मानिन्छ । एक घण्टामा नै सप्तरी र बारामा ३१ मिलिमिटर पानी परिसकेको र फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा मौसम बदली भइ पानी परिरहेक...