काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएक...