उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।