नेपाली कांग्रेसको भावी सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिका लागि दोस्रो चरणमा हुने निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुने उद्घोष गरेका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतवार पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा नतिजा नआउने र दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला, प्रकाशमान सिंह र आफू मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् ।
कांग्रेस विधानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यव...