जोकोभिच र फेडेरर तेस्रो चरणमा

सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा बिहीवार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् । विश्व नम्बर एक समेत रहेका जोकोभिचले क्युभासलाई ६-३,६-२ र ६-४ ले पराजित गरे । पुरुषतर्फ नै स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरणमा स्थान बनाएका छन् । पूर्व विश्व नम्बर एक फेडेररले मारिन सिलीचलाई पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले मारिनमाथि ६-२,२-६,७-६(७-४) र ६-२ को सेटमा जित निकाले ।

सम्बन्धित सामग्री

जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा

एजेन्सी । शिर्ष वरियताका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचले डेनमार्कका खेलाडी होल्गर रुनेलाई ६–१, ६–७, ६–२ र ६–१ को सेटमा हराए । वर्षका सबै चार वटा ग्राण्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिच यस पटक उपाधिसँगै रोजर फेडेरर […]

‘जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते आश्चर्य हुनेछ’

एजेन्सी। नोभाक जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते मुख्य आश्चर्य हुने टेनिसका महान खेलाडी जोन म्याकइनरोइले बताए। ३४ वर्षे जोकोभिचले गएराती विम्बल्डनको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गरेका छन्। सात पटकका ग्राण्डस्लाम विजेता म्याकइनरोइले भन्छन्, ‘‘जोकोभिच अहिले करियरकै उच्च लयमा छन्। अझै कम्तिमा पाँच उपाधि जित्छन्। दबाव चिर्न गाह्रो हुन्छ। तर जोकोभिचले कीर्तिमान रच्नेछन्।’’

फेडरर र नाडालको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा जोकोभिच

एजेन्सी।विश्व नम्बर एक नोभाक जोकोभिच आज विम्बल्डन टेनिसको उपाधिका लागि इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्बियाका ३४ वर्षे जोकोभिचले लन्डनमा आज जिते सबभन्दा धेरै २० पटक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन्। पाँच पटक विम्बल्डन उपाधि जितिसकेका जोकोभिचले यसअघि लगातार दुई पटक उपाधि जितेका छन्। यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा, फेडेरर पराजित

काठमाडौं : नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।साविक विजेता जोकोभिचले हंगेरीका मार्टन फुक्सोविसलाई पराजित गरेरअन्तिम चारमा स्थान बनाएका हुन्।जोकोविचले मार्टनलाई ६–३, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्। सर्बियन जोकोभिचले १० औँ वरियताका डेनिस शापोभालोभसँग शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्।क्यानडियन डेनिसले २५ औँ वरियताका रुसी खेलाडी करेन खचानोभलाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।फाइनल जितेमा उनले रोजर फेडेरर र राफायल न

विश्व नम्बर एक जोकोभिच विम्बल्डनको सेमिफाइनलमा

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले हंगेरीका मार्टन फुक्सोभिक्सलाई ३–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्। पाँच पटकका विजेता जोकोभिचले फुक्सोभिक्सलाई ६–३, ६–४, ६–४ को सेटमा हराएका हुन्। सर्वियाका जोकोभिच कीर्तिमानी २० औं पटक ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन्। रोजर फेडेरर र राफेल नाडालले समान २० ग्राण्डस्लाम उपाधि जितेका छन्।

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

जोकोभिच र फेडेरर क्वाटरफाईनलमा

एजेन्सी । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रोजर फेडेरर बिम्वल्डन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । लण्डनमा जारी घाँसे कोर्टको एक मात्र ग्रान्ड स्लाम प्रतियोगिताको चौथो चरणमा चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन खेलाडी जोकोभिचले गारिनमाथि ६–२, ६–४ र ६–२ को जित निकाले […]

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डन आजबाट

काठमाडौं : टेनिसको सर्वाधिक पुरानो ग्रान्डसलाम प्रतियोगिता विम्बल्डन आज (सोमबार) बाट शुरू हुँदै छ।प्रतियोगिता ११ जुलाई सम्म चल्ने छ। प्रतियोगिता दुई वर्षपछि कोर्टमा फर्किएको हो। गत संस्करण कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।प्रतियोगितामा साविक च्याम्पियन सर्वियन नोभाक जोकोभिच राफेल नाडाल र रोजर फेडेरर समान २० पटकका ग्रान्डसलाम जित्ने लक्ष्यमा रहँदा  रोजर फेडेरर २१ औ ग्रान्डसलाम हत्याउने ध्याउनमा हुने छन्।यहि प्रतियोगिताको तयारी गर्न भन्दै फेडेररले फ्रेन्च ओपनमा तेस्रो चरणबाट नाम फिर्त

फ्रेन्च ओपनमा नाडाल, जोकोभिच र फेडेरर एउटै पोलमा, तीनमध्ये एकमात्र फाइनल पुग्ने

एजेन्सी।फ्रेन्च ओपनमा बिहीबार निकालिएको ‘ड्र’ अनुसार टेनिसका ठूला नाम नोभाक जोकोभिच, राफेल नाडाल र रोजर फेडेरर एउटै ‘पोल’मा परेका छन्। यसको अर्थ अब तीनमध्ये एक जनामात्र प्रतियोगिताको फाइनलमा स्थान बनाउन सक्छन्। अन्तर्राष्ट्रिय टेनिस महासंघका अनुसार जोकोभिच, नाडाल र फेडेरर एउटै ‘पोल’मा परेको यो पहिलो पटक हो। फेडेरर र नाडालले समान २० तथा जोकोभिचले १८ ग्राण्ड स्लाम उपाधि जितेका छन्।