काठमाण्डाै - सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ ।हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २, गण्डकीका ४० जिल्लामा चुनाव हुनेछ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ । गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्...