मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । राजधानीमा मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति दिने निर्णय गरेको हो ।योसँगै सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् । विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बै