काठमाडौं (अस) । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ बानेश्वर, काठमाडौंस्थित महानगरीय प्रहरी वृत्तलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीलाई उपलब्ध गराइएको कम्प्युटर सहयोगपछि दैनिक प्रशासकीय कार्यमा सहज हुने विश्वास बैंकको छ ।
बैंकले १ लाख १० हजार मूल्य पर्ने दुई थान कम्प्युटर सेट सहयोगस्वरूप उपलब्ध गराएको हो ।
बंैकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई उक्त कम्प्युटर हस्तान्तरण गरे ।