महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन् । बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका–९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको छ । कक्षा एकदेखि छसम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग […]