मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले दश दिनको म्याद दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ पाँच बजे सकिँदैछ । तर अन्तिम दिनको बिहानसम्म नवगठित सत्ता गठबन्धन दलहरूबीच मुख्यमन्त्री दाबीको ठोस खाका तयार हुन सकेको छैन ।