कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन, अझै मिलेन भागबन्डा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले बुधबार नै ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरे । तर मंगलबार अन्तिम दिन भए पनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेका छैनन् ।