काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले पाउने छ । लुम्विनीमा एमाले–माओवादी गठबन्धनको तर्फबाट मंगलबार नै सरकार गठनको दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुग्दा बुधबारका लागि सारिएको छ । […]