न्युज अफ नेपाल, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेरराणबाट वार्ताका लागि गरिएको आह्वानलाई न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास ठहर गरेको छ । यसले न्यायालयको हित नगर्ने भन्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने अडान दोहोर्याएको छ । प्रधानन्यायाधीश राणाले आज प्रेस विज्ञप्तिमार्फत वार्ताको आह्वान गरेपछि फोरमका तर्फबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो […]