मानव सेवा आश्रम र क्याम्पसलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग गरेको छ। खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई बैंकको भाटभटेनी शाखाले विभिन्न सामग्री हस्तान्तरण गरेको हो। ती सामग्रीमा दैनिक अत्यावश्यक सामग्री र औषधी लगायत छन्। सहाराविहीन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा दिँदै आएको मानव सेवा आश्रमक...