काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको पोखरा चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका– १९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका लागि आवश्यक सामग्रीहरु प्रदान गरेको छ। विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ प्रयोगशालाका सामग्रीहरु प्रदान गरिएको चिप्लेढुङ्गा शाखाका प्रवन्धक किरण घिमिरेले जानकारी दिएका हुन्। एक कार्यक्रमबीच विज्ञान प्रयोगशालाका सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका […]