सशस्त्र द्वन्द्वकालका पीडित यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन् ।
सर्वोच्च अदालतले २० वर्ष अघिको एक मुद्दामा यातायात व्यवसायीलाई १ करोड बढी क्षतिपूर्ति दिने फैसला गरेको छ ।
दाङका यातायात व्यवसायी भरतनाथ योगीले दिएको मुद्दाको किनारा लगाउँदै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टेकबहादुर मोक्तानको संयुक्त इजलासले क्षतिपूर्ति दिने आदेश गरेको हो ।
२०५८ सालमा दाङका यातायात व्यवसायी समेत रहेका योगीका ४ वटा बसहरू नेपाली सेनाले नियन्त्रणमा लिएर ३ वर्ष प्रयोग गरे पनि त्यो बापतको रकम नदिएपछि उनले अदाल...