द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग भने- प्रधानमन्त्रीबाट न्याय पाउने आश रहेन

काठमाडौँ – द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ। बुधबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्। पीडितले सरकारले संसदमा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एक पक्षीय भएको आरोप लगाए। उनीहरुले सरकारले एकपक्षीय रुपमा द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नगर्नेगरी विधेयक संसदमा […]