संसद्मा पेश भएको टिआसी विधेयकप्रति द्वन्द्वपीडित तथा मानव अधिकारवादी समूदायको आपत्ति, विधेयक तत्काल फिर्ता लिन माग

काठमाडौं, १४ चैत्र । द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायले संसदमा पेश भएको संक्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानहरुप्रति गम्भीर आपत्ति जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, (२०७१) लाई तेश्रो संशोधन गर्न बनेको विधेयकमा हत्याजस्तो गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिएको द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायको आरोप छ […]