श्रीलङ्कामा फेरि आपत्काल घोषणा

श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको अभाव चर्किएको छ । श्रीलङ्काको जनसङ्ख्या २ करोड २० लाख रहेको छ । यसअघि प्रदर्शन सुरु भए लगत्तै गएको अप्रिल एक अर्थात चैत १८ गतेदेखि आपत्...

सम्बन्धित सामग्री

श्रीलङ्कामा आपत्काल घोषणा

श्रीलङ्कामा आपत्काल घोषणा गरिएको छ । आर्थिक सङ्कटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो । आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।  राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् । ‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि