काठमाडौं।अमेरिकाले पहिलो चरणमा आफूसँग रहेका २ करोड ५० लाख डोज कोरोना खोप विश्वका विभिन्न देशलाई वितरण गर्ने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त रुपमा खोप वितरणको घोषणा गरेका हुन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाका सहयोगी राष्ट्र, गरिब तथा अतिकम विकसित राष्ट्रलाई खोप उपलब्ध गराइने छ। यसमा नेपाल लगायत राष्ट्रहरुलाई समावेश गरिएको ह्वाइट हाउसले जनाएको छ।