आफूहरूभन्दा अनुसूया ठूली सती नारी हुन् भनेको सुन्दा त्रिदेवी (सावित्री, लक्ष्मी र पार्वती) ले सहन सकेनन् । आफूहरूभन्दा ठूला सती नारी संसारमा कोही छैन भन्ने उनीहरूको घमन्ड थियो तर यहाँ आफूभन्दा ठूलो स्थान त्यो पनि मानिसले लिएको खबरले उनीहरूलाई असैह्य बनायो । त्यसैले त्रिदेव अर्थात् आ–आफ्ना पति ब्रह्मा, विष्णु र महेश्वरलाई घुक्र्याउन लागे । गृहलक्ष्मीका त्यस्तो अवस्था देखेर त्रिदेवले आश्चर्यमान्दै सोधे–‘आज के भएको तिमीहरूलाई ? सदा त यस्ता थिएनौ । आउनासाथ हालखबर सोध्ने गथ्र्यौ । आ