पौराणिक कथा : चाहना भए असम्भव केही पनि हुँदैन

नेपालीमा एउटा उखान छ खाने मुखलाई जुँगाले छेक्दैन । उखानहरू बहुअर्थी हुन्छन् । अनेक स्थानमा प्रयोग हुन्छन्, प्रयोग गर्न सकिन्छ । यो उखान पनि त्यस्तै हो । यसका धेरै अर्थ छन्, अवस्था अनुसार धेरै स्थानमा प्रयोग गर्न सकिन्छ । यीमध्ये एउटा हो गर्न चाहने मानिसलाई समयको अभव हुँदैन । आफूसँग जति सयम छ वा जति समय पाइएको छ त्यसैबाट जस्तोसुकै काम पनि पूरा गर्न सकिन्छ ।भागवतमा एउटा कथा छ, व्यासजीले भनेका । प्राचीनकालमा सूर्यवंशमा खट्वाङ्ग नामका राजा थिए । धार्मिक प्रकृतिका यी राजा जति ज्ञानी, गुणी र विवेकी थि