सुन्दर र चम्किलो चन्द्रमालाई हिन्दू धर्ममा देवताको स्थान दिइएको छ । पूजनीय चन्द्रदेवको जन्मको कथा पुराणहरूमा फरक फरक रूपमा प्रस्तुत गरिएको छ । वैदिक साहित्यमा चन्द्र अर्थात् सोमको स्थान प्रमुख देवताका रूपमा रहेको छ । अग्नि, इन्द्र, सूर्य लगायतका देवहरू जस्तै सोमको स्तुतिका मन्त्रहरूको रचना ऋषिहरूले गरेका हुन् ।
पुराणका अनुसार चन्द्रको उत्पत्ति
मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अन...