प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यतिबेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी थिइन् । ययातिले उनको दुःख देख्न सकेनन् र इनारबाट उतारिदिए । उनको उद्धार गरी ययाति जान के लागेका थिए देवयानीले हात समाउँदै भनिन्–‘यस्तो अवस्थामा एक्लै छाडेर जान पाउनुहुन्न ।’‘किन र देवी !’ आशय बुझ्न खोज्