प्रसङ्ग् भागवतपुराणको हो । सत्ययुगमा रेवत नामका राजा थिए । चक्रवर्ती यी राजाले भूमण्डलका समग्र राजामहाराजाहरूलाई वशमा राखेका थिए । उनकी रेवती नामकी परम सुन्दरी कन्या थिइन् । उनको रूप र लावण्य जस्तो थियो शील र स्वभाव पनि त्यस्तै थियो । विवाहयोग्य भएपछि उनका निम्ति बाबुले केटा खोज्न थाले तर कतै पनि भने जस्तो केटा पाउन सकेनन् । केटा खोज्न गएका भारदारहरू धमाधम रित्तै फर्कन थालेपछि बाबु रेवतलाई चिन्ता प¥यो । उमेर पुगेका छोराछोरीको विवाह गर्न नपाएपछि कुनचाहिँ बाबुलाई चैनको निद्रा पर्छ र । उनलाई पन