काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन्। एमसिसीका विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनले काठमाडौंमा शुक्रबार गरेको विरोध प्रदर्शनमा उनले एमसिसी संसदबाट पारित भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन्।उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसिसी पास भए देशमा विकराल अवस्था सिर्जना हुने दाबीसमेत गरे।