काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रि