काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध खुल्ला मञ्चमा जनसभा गरेको छ। खुल्लामञ्चको जनसभामा हिलो र असहजताबीच पनि विभिन्न जिल्लाबाट ल्याइएका कार्यकर्ताहरूले प्रतीक्षा गरेर नेताको भाषण सुनेका थिए।सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गरेका थिए। खुल्लामञ्चलाई सुधार गर्ने नाममा एकातिर जथाभावी लथालिंग छाडिएको