काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्।
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्ट पारित गरेको दुई दिनपछि ब्लिन्केनले प्रधानमन्त्रीमा देउवालाई टेलिफोन गरी धन्यवाद तथा बधाई दिएका हुन्।
संवादका क्रममा दुई देशबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औं…