एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे एमालेसँग सहयोग

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् । सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

‘एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ’

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् ।  उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने टिप्पणी गरे ।  आज  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् ।

ओलीसँग देउवाको आग्रह : गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह […] The post ओलीसँग देउवाको आग्रह : गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस् appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एउटा रोज्नुपर्छ : कोइराला

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी वा सत्ता गठबन्धनमध्ये एक रोज्नुपर्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद कोइरालाले एमसिसी पास भए गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए।‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भनेर गठबन्धन जोगाउने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ।' उनले भने, ‘एमसीसी

एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग

अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले एमसीसी पास नगरे गठबन्धन तोडिन्छ भनेको होइन : नारायणकाजी श्रेष्ठ

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् । शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसलाई अस्वीकार गरेका छन् । उनले भ्रममा नपर्न आग्रह गरेका […]